अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकास्थित खुदुनाबारीमा सञ्चालित तेस्रो प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगितामा उदयपुरको गाईघाट फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

अर्जुनधारा ३ स्थित प्रस्तावित प्राकृतीक रंगशालामा भएको गोल्डकपको मंगलबार भएको तेस्रो खेलमा ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै उदयपुर गोल्डकपको अन्तिम चारमा पर्न सफल भएको हो । 

६० मिनेटको निर्धारीत खेल समयमा कुनैपनि टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा गाईघाट फुटबल क्लब उदयपुरकी साहारा दाहाल, युनिका राई र मनिता तामाङले प्रहार गरेको गोल ताप्लेजुङकी गोल रक्षंक एलिजा लिम्बुले बचाउन नसक्दा ताप्लेजुङले पराजय भोग्यो । 

टाईब्रेकरमा ताप्लेजुङका लागि एकमात्रै गोल अनुसा लिम्बुले गरिन् । टाईब्रेकरमा ताप्लेजुङकी गोल रक्षंक एलिजा लिम्बुले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा ताप्लेजुङ जिल्ला फुटबल संघले ३–१ गोल अन्तरले पराजय भोग्नु परेको हो । खेलको ६० मिनेटमा उदयपुरकी अस्मिता राईले पहेलो काड पाएकी थिइन् ।

 खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उपपुरकी मनिता तामाङ उमन अफ दी म्याच घोषित भइन् । उनले ट्रफि सहित नगद १ हजार हात पारिन् । गोल्डकपको चौथो तथा अन्तिम क्वाटर फाइनल खेलमा बुधबार धनकुटा महिला फुटबल क्लब र सुनसरी जिल्ला फुटबल संघ बिच प्रतिस्पर्धा हुने छ । 

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँ सहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउने छ ।