विर्तामोड ।

नेपाल बिद्यार्थी संघ (नेबिसंघ) झापाद्वारा सञ्चालित दुर्इ दिने अन्तर क्याम्पस फुटबल खेलको उपाधी  बिर्तामोडस्थित ईन्द्र–चन्द्र क्याम्पसले हात पारेको छ । उपाधि हात पारेसँगै उक्त क्याम्पसले नगद १६ हजारसहित  ट्रफि मेडल, र प्रमाणपत्र हात पारेको हो।

प्रतियोगितामा  बिर्तामोडकै कनकाई आदर्श क्याम्पस द्वितीय भएको छ । कनकाइले नगद ११ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

 अन्तर क्याम्पस खेलमा १५ वटा टिम सहभागी थिए । खेलको उद्घाटन कार्यक्रम नेबिसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको सभापतित्व एवं पूर्व मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य केशवकुमार बुडाथोकीको प्रमुख आतिथ्य र   जिल्ला सचिव कृष्ण हुमागाईको विशेष आतिथ्यमा सप्पन्न भएको थियो ।

कार्यक्रममा नेबिसंघ झापाका सचिव पोषराज कटुवाल प्रबक्ता सन्जय निरौला, जिल्ला सदस्य सन्जय राई ,एलेक्स मैनाली ,गोमेन्द्र क्याम्पस इकाई सभापति आयुस्मा प्रसाईं, त्रिदेव इकाई सभापति सौरभ बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सन्चार बिभाग प्रमुख गोकुल पौडेलले गरेका थिए । 

यसैगरी समापन कार्यक्रम   भोजराज सिटौलाको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीको विशेष आतिथ्य रहेको थियोे । कार्यक्रमको सञ्चालन सचिव पोषराज कटुवालले गरेका थिए ।