मोरङ।

झापाको दमक नगरपालिका–१० का १४ बर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेका  पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, बिकास तामाङ र उर्लाबारी–७ का सपन खत्री रहेका छनु ।

उनीहरुले पूर्व रिसिईवीको कारण श्रेष्ठलाई कार्तिक १३ गते आईतबार राती साढे १० बजे उर्लाबारी–७ स्थित मावा खोलामा लागेको छठ पूजाको मेलामा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाईते भएका श्रेष्ठकोबीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो ।

घटनामा संलग्न रहेका ५ जनालाई  जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले घटनामा प्रयोग भएको चक्कुसहित नियन्त्रणमा लिएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।