बिर्तामोड । 

छोरालाई हङकङ पठाइदिने भनेपछि आफन्त र छरछिमेकसँग ऋण काढेर एक महिलाले दिएको लाखौं रकम ठगी भएको छ । फेसबुक मार्फत चिनजान भएका ती ब्यक्तिले बिभिन्न बहाना बनाएर महिलालाई ठगी गरेर हाल सम्पर्क बिहिन भएको रहस्य खुलेको हो ।

ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं. २ घर भई हाल बिर्तामोड नगरपालिका–६ बस्दै आएकी हिमाकुमारी राई तामाङबाट विभिन्न बहाना बनाएर लाखौं रकम लिएर खोटाङको तुवाचुङ नगरपालिका वडा नं. २ का समरबहादुर राई सम्पर्क विहिन भएको ती महिलाले आरोप लगाएकी छिन् ।  

ती महिलासँग एक बर्षअघि सामाजिक सञ्जाल बेसबुक मार्फत चिनजान भएर आफु हङकङमा रहेको राईले बताएपछि उनीहरुबिच सम्पर्क भएको थियो । ती महिलाले आफ्नो २० बर्षिय छोरो अन्जान राईलाई हङकङ पठाइदिने राईले आश्वसन दिएर १० लाख रुपैयाँ मागेको र पठाएको पत्रकार समक्ष बताएकी छिन् । 

‘अहिलेसम्म मैले विभिन्न बहाना बनाएर राईले रकम मागेपछि छोराको भविश्यका लागि २५ लाख ९४ हजार रुपैयाँ दिईसकेको छु’ हिमाकुमारीले भनिन् ‘तर, मेरो काम नभएपछि मैले पैसा फिर्ता माग्दा फोन सम्पर्क पनि नहुने र फेसबुकमा समेत मलाई ब्लक गरेको छ ।’ 

हिमाकुमारीका अनुसार राईले छोरोलाई हङकङ पठाउने भनेर १० लाख, उदयपुरको गाईघाटमा दुबैजनाले जग्गा खरिद गर्ने भनेर ७ लाख, जग्गा पास गर्ने भनेर १ लाख ६० हजारसहित विभिन्न बहाना बनाएर अन्य ब्यक्तिलाई आइएमई गरिदिनु भनेर २५ लाख ९४ हजार रुपैयाँ ठगी गरेका छन् । 

हिमाकुमारीले मिति २०७९ असार २३ गते प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौमा ठगी गर्ने मानिस पक्राउ गरी आवश्यक कारवाही गराई पाउ भनेर निवेदनसमेत दिएको बताएकी छिन् । त्यसैगरी उनले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र अनारमनी प्रहरी कार्यालय बिर्तामोडमा पनि पक्राउ गरी कारवाही गरि पाउँ भनेर जाहेरी दिएको बताएकी छिन् । श्रीमान बिरामी भइरहने भएकाले ताप्लेजुङतिरै बस्दै आएको उनको भनाई छ । छोराछोरीलाई पढाउँदै बिर्तामोडमा बस्दै आएको बताउँदै आर्थिक संकटका कारण छोराछोरीको पढाई र जिविकोपार्जन गर्न समेत समस्या भएकाले ठगी गर्ने ब्यक्तिलाई पक्राउ गरी आफुबाट लिएको रकम उपलब्ध गराईदिन सम्बन्धित सवै समक्ष हिमाकुमारीले आग्रह समेत गरेकी छिन् ।  

हिमाकुमारीले समरबहादुर राईले भने अनुसार बिभिन्न ब्यक्तिको नाममा आइएमई मार्फत पैसा पठाएको बताएकी छिन् । उनले झापा, मोरङ, खोटाङ, काठमाडौं, सुनसरी, जनकपुरलगायतका स्थानमा राईले भनेका ब्यक्तिका नाममा आइएमई मार्फत रकम पठाएको भौचर र ब्यक्तिको नाम तथा ठेगानासमेत सुरक्षित राखेकी छिन् । उनीसँग राई र राईले भनेका ब्यक्तिलाई पैसा पठाएका २५÷३० वटा आइएमईका भौचर रहेका छन् । अहिले उनी राईको फोटो देखाउँदै ठगी भएको रकम फिर्ता गर्न प्रहरी कार्यालय धाउँने गरेकी छिन् । 

fack book chinjan thagi