• सुदीप गिरी

हल्दीबारी । 

झापा हल्दीबारी गाउँपालिकाको प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०७९/०८० को साउनदेखि कार्तिकसम्मको चौमासिक समीक्षा बैठक सम्पन्न भएको हो । 

बैठकमा हल्दीबारी गाउँपालिकाका सबै बिषयगत शाखा प्रमुखहरूले आ–आफ्नो शाखाबाट चौमासिकमा भए गरेका कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए। साथै सबै वडा सचिबहरूले वडा कार्यालयबाट भए गरेका कार्य प्रगति तथ्याङ्क विवरणसहित प्रस्तुत गरेका थिए। 

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले चौमासिक समिक्षाले सार्वजनिक उत्तरदायित्व प्रर्वद्वन गर्न सहयोग मिल्ने बताए । उनले  स्थानीय तहले भए गरेका कामहरू चौमासिक प्रतिवेदन मार्फत  सार्वजनिकरण गरी जनतालाई सु–सुचित गराउने उद्वेश्यले पालिकाको वैव साइटमा समेत राख्ने बताएका छन् । 

स्थानीयले तिरेको राजश्वलाई के कसरी खर्च गरेको र पालिकाको सञ्चालिन कार्यक्रम साथै महत्त्वपूर्ण भूमिकाका बिषयमा जानकारी दिएका थिए । नेपाल सरकारले स्थानीय तहहरूको संस्थागत क्षमता स्वमुल्यांकन पद्धति (लिजा) मा पनि प्रगति विवरण पठाउनका लागि समेत यो कार्यक्रम आवश्यक रहेको र स्थानीय  तहले आफ्नो लक्ष्य अनुसारको कार्य प्रगति त्यसको नतिजा मुल्यांकन र आगामी कार्यक्रम सञ्चालन लक्ष्य अनुसार गर्न सहयोगीसिद्व हुने बताए  । 

कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ, हल्दिबारी वडा नं १,२,३ र ४ का वडाध्यक्ष देवीबहादुर थापा, शुकलाल राजवंशी, बिष्णुप्रसाद ओली र सन्तकुमार थापालगायत कार्यपालिका सदस्यहरू, सवै शाखाका शाखा प्रमुख तथा कर्मचारीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

palika