झापा । 

सरकारले प्रदूषण जाँचपास नगरेका सवारी साधनलाई जरिवाना गर्ने भएको छ ।  जाँचपास नभएका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो ।

सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा धेरै प्रदूषण भइरहेका सवारी साधनलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न आग्रह गरिएको छ । आगामी २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सञ्चालनमा ल्याउन दिने विभागले आज जारी गरेको सूचनामा उल्लेख छ ।

विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही गर्ने जनाएको छ । त्यस्तै आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउनेलाई पनि कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।