बिर्तामोड । 

बिर्तामोडमा लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । एबिसी नेपाल झापा, नारी सञ्चार गृह झापासिहत महिलाले नेतृत्व गरेका विभिन्न ३२ बढी संस्थाहरूले हिंसा, बेचबिखन तथा मानव ओसारपसार बिरूद्व चार दशकदेखि आवाज उठाउदै आएकी सामाजिक अभियान्ता दुर्गा घिमिरेलाई सम्मान गरेका हुन् । 

एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्य, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रूगमबहादुर कुँवरको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको  हो ।

कार्यक्रममा सम्मानित व्यक्तिको व्यक्तित्वबारे नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले प्रकाश पारेकी थिइन् । मानव अधिकारकर्मी डा. रुपक खनाल, रञ्जु प्याकुरेल र स्वस्तिका आचार्यको तीन सदस्यीय समितिले अन्तरक्रियामा उठेका विषय बस्तुलाई टिपोट गरेका थिए ।  

शारदा रिजालले स्वागत र कविता शर्माले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा  स्वागत महिला सुरक्षा दबाब समूहकी अध्यक्ष शारदा ढकाल रिजाल र महिला उद्यमी संघ नेपालकी अध्यक्ष नैनकला भट्टराईले सञ्चालन गरेकी थिइन् ।