सुरुङ्गा ।  

 किरातीहरुको महान पर्व चासोक तङ्गनाम र उधौली पर्व  विविध सास्कृतिक कार्यक्रम र पुजाका साथ सुरुङ्गाका किरातीहरुले  मनाएका छन् । 

झापाको कनकाई नगरपालिका सहित १५ वटै पालिकाहरुको खोला किनार र वन जंगलमा आफ्ना कुल देउताहरुको पुजा र सास्कृतिक कार्यक्रमका बिच चासोक तङ्गनाम  र उधौली पर्व मनाइएको हो ।

झापाको कनकाई नगरपालिकाको कनकाई माई किनारामा आयोजित तङ्गनाम कार्यक्रममा किराती धर्म गुरुहरुले न्वागी पुजा र किरातीहरुको च्याब्रुङ्ग नाचसहित विविध सास्कृतिक कार्यक्रमका विच मनाइएको छ । 

कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ्गका केन्द्रिय सदस्य अमृत योङहाङले देशमा बोलिने र लेखिने मुख्य भाषा, लिपि र सस्कृतिको  जर्गेनाका लागि चासोक तङ्गनाम पर्व र पुजाको धर्म परम्पराको पुस्ता हस्तानतरण हुनुपर्नेमा जोड दिए ।  कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकामा रहेका सबै जातजातिहरुको लिपिलाई संरक्षणका लागि आधारभुत तहमा समेत विद्यालयमा आधारभुत लिपिको पठनपाठन शुरु गरिएको बताए । 

कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, २ का वडाअध्यक्ष प्रताव राई लगायातले यस क्षेत्रको किरात धर्म सस्कृति र परम्पराको संरक्षणका लागि नियमित रुपमा चासोक ताङ्गनाम मनाइदै आएको बताए । कार्यक्रमको स्वागत पुर्ण लिम्बुले गरेका थिए भने सञ्चालन सागर सुब्बाले गरेका थिए । 

त्यसैगरि कनकाई नगरपालिका ७ दुर्गापुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाहरुमा समेत नयाँ अन्नको समेत पुजा गर्दै राष्ट्रिय कलाकाहरुको प्रस्तुतीसहित चासोक तङ्गनाम मनाइएको छ ।