• रन्जित परियार 

चारआली । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थित चारआलीमा किराँतेश्वर मुजोत्लुङ्ग युमा माङ्गहिम उधौली पर्व बिबिध कार्यक्रमसहित मनाएको छ । 

किराँतीहरुको बिशेष पर्व चासोक तङ्गनामका अवसरमा नयाँ अन्न पूजा गरी भित्र्याउदै धार्मिक अनुष्ठानसहित किराँती भाषा निर्माता त्ये ओङ्ग्शी सिरिजङ्गाको ३१९ औं जन्मोत्सव र गायन तथा नृत्य प्रतियोगिता गरी सम्पन्न गरिएको थियो । 

कार्यक्रम गायनतर्फ पहिलो बाल सुबोधनी माध्यमिक बिद्यालय मेचिनगर १३ कि रिना पौडेल, नृत्यतर्फ निसा ऐक्तेन र गायनतर्फ तेस्रो सन्द्या कार्की नेपाली भएका थिए । 

उनीहरुलाई जनही नगद पाँच हजार, तीन हजार र दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । निर्णायक मण्डलमा वरिष्ठ रचनाकार शिव शंकर थापा, गायक हस्त परियार र संगीतकार कृष्ण योञ्जन रहेका थिए ।  

कार्यक्रममा आ–आफ्नो जात तथा समुदायले कला सस्कृति र धर्मको राम्रो सस्कारको जगेर्ना गर्नु सबैको दायित्व भएको बताएका थिए । रामकुमार राई, वडाध्यक्ष धनबहादुर तामाङ्ग, कृष्ण सिग्देल, बाबुलाल सुब्बा, मधुसूदन रिजाल, सदस्य रिता शिवा लगायतले शुभकामना मनत्ब्य राखेका थिए । 

कार्यक्रम माङ्गहिमका अध्यक्ष अर्जुन थेबेको अध्यक्षता तथा प्रदेश न १ (ख) प्रदेश सभा सदस्य सबिना बजगाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण महासचीव मणिकुमार लिम्बुले गरेका थिए ।