• चन्द्र बस्नेत 

सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका –६ चम्फापुरस्थित श्री गायत्री मन्दिर एवम् चम्फापुर माध्यमिक विद्यालयमा राधिका फाउन्डेशनको आयोजनामा  सप्ताह श्रीमद् भागवत   धनधान्याचल  महायज्ञ शुरु भएको छ । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानका लागि  झापाको बाह्दशी–७ मा दाता पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारले  निःशुल्क प्रदान गरेको १० कठ्ठा जग्गामा भवन निर्माण गर्ने उध्येश्यले महायज्ञको आयोजना गरिएको हो ।  

महायज्ञ पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको महायज्ञ  बिहीवारदेखि २८ गते बुधबारसम्म  गर्न चल्ने छ। कनकाई नगरपालिकाको कार्यालयबाट लगभग ३ किलोमिटर दक्षिण वडा न –६ को चम्फापुरमा रहेको श्री गायत्री मन्दिरस्थित चम्फापुर माबिको प्राङगणमा महायज्ञ (पुराण) को उद्घाटन गरिएको छ । महायज्ञ परिसरबाट  बृहत झाँकी  एवम् कलश यात्राका  साथ कनकाई माई पुगि जल ल्याई महायज्ञको उद्घाटन गरिएको   व्यवस्थापन समितिका संयोजक मुक्तिप्रसाद तिम्सिनाले जानकारी दिए।

सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न वर्गहरुको सहाराका लागि  दाता तिम्सिना परिवारबाट प्राप्त जग्गामा भवन निर्माण साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि महायज्ञको आयोजना गरिएको राधिका फाउन्डेसनकि अध्यक्ष एवम्  महायज्ञकि प्रखर बक्ता श्री राधिका दासिले जानकारी दिइन् । 

महायज्ञ सप्पन्न गर्न करिब २०लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको  महायज्ञ ब्यवस्थापन समितिका कोषाध्यक्ष एवं आर्थिक समितिका संयोजक पंकज नेपालले जानकारी दिए। सप्ताह संगीतमय महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता,  संगीतमय कथा प्रवचन रहेकोे  महायज्ञ व्यवस्थापन समितिका महासचिव एवम् सोही वडाका नि( वर्तमान वडा अध्यक्ष लक्ष्मीप्रसाद ओलिले जानकारी दिए।महायज्ञ सम्पन्न गर्नका लागि पुरान व्यवस्थापन समितिमा सुकदेव तिम्सिना, होमप्रसाद खतिवडा, गणेश थापा, कृष्णप्रसाद खतिवडा, दुर्गाबहादुर कटुवाल, दिनेश तिम्सिना, सीता देवी बस्नेत, मन्दिर व्यवस्थापन समिति तथा बिद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी सहितको नेतृत्वमा विभिन्न उप–समिति निर्माण गरिएको संयोजक तिम्सिनाले जानकारी दिए।

हिजो बिहीवार  २२ गते उद्घाटन भएको  महापुराण कथा प्रवचन दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म, नित्य पूजा विहान ७ बजेदेखि १० बजेसम्म एवं रात्री जागरण साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने र उक्त महायज्ञ सब्य अनि भब्य रुपमा सम्पन्न गर्न कनकाई वडा न ६ का अध्यक्ष दीर्घबहादुर थापा, वडा न ७ का अध्यक्ष भीष्म भुषण सिटौलाका साथै दुबै वडाका अन्य जनप्रतिनिधिको नेतृत्वदायी भूमिका रहने गरि महायज्ञ अगाडी बडिरहेको भएको आर्थिक संयोजक नेपालले जानकारी दिए। महायज्ञ सम्पन्न गर्न झापाका सबै जसो स्थानीय तहको भुमिका रहेको   कनकाई  नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले बताए।

हिजो  उद्घाटन समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कनकाई  नगर प्रमुख पोख्रेल ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रुगम बहादुर कुवर,   वडान १  का अध्यक्ष सुशीलकुमार पोख्रेल, वडा नं। ६  का अध्यक्ष  दीर्घबहादुर थापा, वडा न ७ का अध्यक्ष भीष्म भुषण सिटौला , स्थानीय सघ सस्थाका प्रमुख तथा प्रतिनिधि , महिला समुह , आमा समुह का प्रतिनिधिलगायतको उपस्थितमा महायज्ञ सफलता पूर्वक सप्पन्न गर्न आ–आफ्नो तर्फबाट लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महायज्ञ कि प्रमुख कथा वाचिका राधिका फाउन्डेशनकि अध्यक्ष राधिका दासीले महायज्ञ सम्पन्न गर्न झापाबासी सबै तथा देश एवम् विदेशमा रहने सबै आमा बुवा दाजु भाई दिदिबहिनीहरुमा सहयोग गर्न आग्रह गरेकी छिन्  ।

 महायज्ञ अन्तर्गत प्रत्येक दिन विहान ९ बजेबाट आसुतोष भगवान शिवशक्तिको विशेष पूजा–आरधनासहित महारुद्री महायज्ञ, नित्य हवन, बेद पाठपारायण, धनधान्याचल पूजन, गोपूजन एवं रात्रीकालीन जागरण लगायतका कार्यक्रम रहने महासचिव ओलिले बताए।

दैनिक  श्रीमद् भागवत   धनधान्याचल महापुराण एवं महारुद्राभिषेक, बेद एवं पूर्वीय वैदिक धर्मग्रन्थहरुको स्तोत्र पाठ हुने, महायज्ञ सम्पन्न गर्न आर्थिक एवं विभिन्न रुपले सक्रियभई सहयोग गर्न आम जनसमुदाय समक्ष फाउन्डेशनकि अध्यक्ष राधिका दासीले सबैमा अपिल गरेकी छिन् ।