विराटनगर । 

मोरङका राजनैतिक दलका नेता, पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले  समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन् ।  दलित महिला केन्द्रले विहिवार विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि  महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस्तो  प्रतिबद्धता जनाएका हुन् । 

एकिकृत समाजबादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखी दलसम्म महिलाहरुलाई नेतृत्वमा अवसर दिनसकेमात्र समाजबाट लैङिगक असमानता हटेर समानता आउने भएकोले आफु र आफनो पार्टी त्यसका लागि सजग र सचेत रहने प्रतिबद्धता गरे ।  

माओबादी केन्द्र मोरङका संयोजक  विजय विश्वासले जनयुद्ध र जनआन्दोलनपछि निर्माण भएको  २०७२ को संबिधानले महिलालाई अधिकार  दिएपनि पुरुषबादी  चिन्तनमा परिवर्तन आउन नसक्दा समाजमा अझै लैङिगक समानता आउन नसकेको हो भने । उनले समाजमा विद्यमान सबैखाले असमानता हटाउन माओबादी केन्द्र सधै तत्पर रहेको र रहिरहने बताए ।  

नेपाली काँग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाहरुले सफल रुपमा नेतृत्व निर्वाह गर्नसक्छन भन्ने प्रशसक्त्त उदाहरण भैसकेकालेउनीहरुलाई घर दल दुवैमा अवसर दिन आफुहरु तयार रहेका छौ भने । जनता समाजबादी  पार्टी मोरङका नेता राधे कामतले महिलाहरुलाई नेतृत्व दिन सबै राजनैतिक दलहरुहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । 

उर्लाबारी नगरपालिका प्रमुख गंगा खरेलले लैङिगक समानता ल्याउन महिलाहरुले मात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषहरुले पनि अग्रसर भएर उनीहरुको हक अधिकारका लागि लडनुपर्नेमा जोड दिए । सुन्दरहरैचा नगरपालिका प्रम्ख केदारप्रसाद  गुरागाईले पनि राजनैतिक दलहरुले चिन्तनमा परिवर्तन नगर्दा महिलाहरुको अवसर कुण्ठित भैरहेको बताए । उनले आफुले गर्ने सबै नीतिहरु महिलालाई प्राथमिकता दिएर निर्माण गराएर कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।  

कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाहरुले नेतृत्वमा अर्थपुर्ण सहभागिता  पाएमात्र समाजमा लैङिगक समानता आउने बताउदै आफुहरुले बजेट र नीति बनाउँदा महिला अधिकारबारे बिशेष ख्याल गरिरहेको र गरिरहने बताए । 

बेलबारी नगरपालिका प्रम्ख डिपी राईले महिलाहरुले ‘ सक्दिन ’ भनेर हिनभावना राखेर हैन सधै ‘सक्छु ’ भनेर अगाडी बढे नेतृत्वमा सधै सफल हुने विश्वास व्यक्त्त गरे ।  रंगेली नगरपालिका उपप्रम्ख झुमा पराजुलीले अझै पनि बजेट र नीतिहरु निर्माण गर्दा महिलाहरुलाई उपेक्ष ागर्ने चलन कायमै रहेको बताइन । 

केरावारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले अवसर पाए महिलाले नेतृत्व सक्छन भन्ने उदाहरण आफु नै भएको प्रस्ट पारिन । उनका अनुसार पहिले वडा सदस्य रहेकी उनी हाल उपप्रम्खमा निर्वाचित हुन सफल भएकी हुन । 

रंगेली नगरपालिका प्रशासकिय अधिकृत ओमकारप्रसाद न्यौपानेले   कागजी शब्दावलीमै सिमित राखिरहँदा व्यवहारमा लैङिगक समानता आउन नसकेको बताए । उनले बजेट र नीति बनाउने मात्र नभै व्यवहारमा कार्यान्वयन गराउन सकेमात्र महिलाहरुले नेतृत्व प्राप्त गर्नसक्ने बताए । अधिवक्त्ता दिनेश घलेले सबै कुरा राजनीतिलाई मात्रै छाडेर परनिर्भर हुनखोज्दा  समाजमा लैङिगक समानता आउन नसकोको हो भने । उनले समाजमा राजनीति जस्तै  समाजिक , भाषिक , साँस्कृतिक आदि नीतिहरु पनि समान रुपमा लागु हुन सकेमात्र लैङिगक समानता आउने बताए । समाजमा अझै पित्तसत्ताको दबदबा कायमै रहेकोले समाजमा लैङिगक समानता प्राप्ती चुनौती बनिरहेको प्रस्टयाए । 

ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छेदारले पार्टीका नेताहरुको निगाहामा छाडिदिदा सक्षम महिलाहरुले पनि निर्वाचनमा टिकट पाउन नसकेको बताए । उनले लैङिगक समानता भनेर हैन व्यवहारमा गरेर देखाउनुपनैमा जोड दिए ।

केरावारी गाउँपालिका पुर्व उपाध्यक्ष  शान्ति लिम्बुले  महिलाहरुले पनि आफनो हक डडेर खोज्न नसक्दा नेतृत्वको अवसरबाट बन्चित हुनुपरेको बताईन । ग्रामथान गाउँपालिका उपाध्यक्ष गुणवती धामीले कसैले पनि लैङिगक विभेदको अधारमा काम  विभाजन गर्ने चलन अन्त गर्नुपर्नेमा जोड दिइन । उनले टोलदेखी केन्द्रिय कमिटीसम्म महिलाहरुलाई राजनैतिक दलहरुले समान सहभागीता दिनुपर्नेमा जोड दिइन । 

कटहरी गाउँपालिका उपाध्यक्ष सीतादेवी राजवंशीले  सामाजिक  र साँस्कृतिक शुद्धिकरणको नीति अपनाएर महिलामैत्री बन्न सबै राजनैतिक दलहरुलाई आग्रह गरिन । उनले महिला जनप्रतिनिधिहरुलाई हेर्ने धारणा अझै परिवर्तन नभएकोले त्यसबारे पनि दलहरुले सचेतना अभियान चलाउनुपर्नेमा जोड दिइन । 

दलित महिला केन्द्रकी केन्द्रिय उपाध्यक्ष लक्ष्मी परियारले राजनीतिमा महिलाहरुको नेतृत्व सबल नभएसम्म समाजमा लैङिगक समानता आउन नसक्ने भएकोले जनप्रतिनिधि, दलका नेता र महिलाहरुका लागि निरन्तर क्षमता अभिबृद्धि र शसक्त्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन ।  

लैङिगक समानता र निर्वाचित जनप्रतिनिधिहरुको राजनैतिक सहभागीता अभिबृद्धीबारे उक्त्त अन्र्तक्रियामा मोरंङका नौ वटा पालिकाहरुका प्रम्ख, उपप्रम्ख र प्रशासकिय अधिकृत सहित राजनैतिक दलका जिल्ला नेताहरु सहभागी थिए ।