• राजु बराल 

चन्द्रगढी ।

झापाको चन्द्रगढी स्थित वर्तमान साहित्य प्रतिस्ठानको २५ औ बार्षिक साधरण सभा तथा कवि धनकुटे कान्छाको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

साहित्यकार पुन्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दमकका कवि धनकुटे कान्छाले आफ्ना ४ वटा कविता वाचन गरेका थिए ।  वर्तमान साहित्य प्रतिस्ठानका पुर्व अध्यक्ष राजु बरालले कार्यक्रमको औचित्य र संस्थाको गतिविधि बारे प्रकाशपारेको कार्यक्रममा

साहित्यकार होम सुवेदी, पत्रकार मोहनकाजी न्यौपाने र   संगीतकार हस्त परियारले शुभकामना मन्तब्य राखेका थिए । वर्तमान साहित्य प्रतिस्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता, स्वागत बिकास पाण्डेले गरेको कार्यक्रमको सन्चालन सन्जिव गिरीले गरेका थिए ।