झापा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नं.६ महानन्द चौकबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी शनिश्चरको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.७  का २६ बर्षिय विकाश राजवंशी र सोही स्थानका २४ बर्षिय निर्मल भुजेललाई पक्राउ गरेको हो । 

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ११ ग्राम  फेला परेकोले दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।