हल्दिबारी  ।

झापाको हल्दिबारि गाउँपालिका वडा नम्बर ३ ढडुवा चोक दक्षिण रमेश भण्डारीको घरमा आगलागी भएको छ । बुधवार  (आज) दिउँसो करिब २ बजेतिर घरमा कोहि नभएको अवस्थामा आगलागि भएको हल्दिबारी ३ का वडाध्यक्ष बिष्णुप्रसाद ओलीले बताए ।

बिधुत सर्ट भई आगजनी भएको अनुमान गरिएको छ। घरको करिब  ७०  प्रतिशत जति काठ नष्ट भएको अनुमान गरिएको छ। घर भाडामा बस्दै आएका किरण मगरको  समेत सबै सामान जलेर  नष्ट भएको छ।

५ जना परिवारको लगाएको लुगा बाहेक सबै खरानी भएको हो ।आगलागी पीडितलाई वडाध्यक्ष ओलिको अगुवाइमा सन्तलाल मेचे, शिव बराइली, त्रीलोचन ढुङ्गेल लगायतले सिरक ढसना न्यानो कपडा प्रदान गरेका छन् ।