बिर्तामोड ।

 बिर्तामोड उद्योग बाणिज्य संघको अगुवाईमा झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाललाई सम्मान तथा बिदाई गरिएको छ । 

तनहु जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा झापाबाट सरुवा भएका रिजाललाई बिर्तामोड उद्योग बाणिज्य संघसहित झापाका ३२ वढी संघ/संस्थाले सोमवार (आज) बिर्तामोडमा सम्मान तथा बिदाई गरेका हुन् ।

 संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको सम्मान तथा बिदाई कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले गरेको कार्यक्रममा संघ/संस्थाका तर्फबाट दमक उद्योग बाणिज्य संघ दमकका पूर्व अध्यक्ष प्रकाश प्रसाई, बीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने सम्मान पत्र नेपाल उद्यमशील संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बाचन गरेकी थिइन् । 

कार्यक्रमको सञ्चालन संघका सचिव कुशल खतिवडाले गरेका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष टीकाराज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियालगायतको उपस्थिति रहेको थियो ।