सुरुङ्गा । 

माघ २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘मीठो मीठो’ सार्वजनिक भएको छ । युग भुसालको संगीत तथा निर्देशक समेत रहेका कपिल रिजालको शब्द रचना रहेको गीतमा सौरभ दास र देवाञ्जली जोशीको स्वर  रहेकोे छ ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु जितु नेपाल र साम्राज्ञी शाह फिचर्डमा देख्न सकिन्छ।  मर्मस्पर्शी गीतले फिल्मका प्रमुख चरित्रबीच सम्बन्ध स्थापनामा मुख्य  भूमिका खेलेको छ । 

फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी र डिल्लीराम खनालको पनि अभिनय रहेकोे छ । रेखा थापा विशेष भूमिकामा देख्न सकिन्छ  । चिकित्सक समेत रहेका रिजालको यो डेब्यु निर्देशकीय फिल्म हो ।

फिल्मका अन्य गीतमा भोला रिजालको गीत लेखन, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौरभ दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको नृत्य निर्देशन रहेकोे छ । सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जीसीको  सम्पादन रहेकोे  फिल्मका प्रमुख कलाकार जितु नेपालले जानकारी दिए।