• राजु बराल 

 चन्द्रगढी ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ स्थित देवकोटा युवा क्लबले सरस्वती पुजाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देवकोटा युवा क्लबको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा सम्पन्न  रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेको देवकोटा युवा क्लबका अध्यक्ष दिवाकर मैनालीले बताए।

भद्रपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा प्रमुख अतिथि दाहाल, प्रकाश एकता कृषि सहकारी सस्था अध्यक्ष गोपाल श्रेष्ठ, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई  समिति अध्यक्ष चुडामणी मैनाली, एकता मुल कृषि समूह सचिव युवराज ढकाल, हडिया कृषक कुलो जल उपभोक्ता समिति अध्यक्ष दिनानाथ उप्रेती, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह कोषाध्यक्ष अनुज खतिवडा  लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

भद्रपुर ९ को देवकोटा चोकस्थित मुना सामुदायिक भवनमा बिहीवार (आज) सरस्वती पुजा समेत गरिएको सो कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष दिवाकर मैनाली र सञ्चालन सचिव रमेश उप्रेतीले गरेका थिए ।