झापा । 

नेपाल प्रेस युनियन प्रदेश नं १ को आज (शनिबार) विराटनगरमा हुने प्रथम अधिवेशनमा एकतर्फी रुपमा नेतृत्व चयन गरेको भन्दै युनियनका पत्रकारहरुले आपत्ति जनाएका छन् । 

नेपाल प्रेस युनियन प्रदेश नं. १ को अविवेशनमा अध्यक्ष पदका उम्मेदवार पवन अधिकारीको प्यानलले युनियनका सक्रिय पत्रकारहरुको एउटा ठूलो हिस्सालाई पाखा लगाएको भन्दै घोर असहमति रहेको भन्दै प्रेस बिज्ञप्ती जारी गरेको हो । 

अधिकारीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ‘अधिवेशनका प्रतिनिधिहरुको अन्तिम नामावली सार्वजनिक नगरिएको अवस्थामा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधिहरु घर फर्किइसकेको अवस्थामा एकपक्षीय ढंगमा गरिएको कथित निर्वाचनको नौटंकी प्रति असहमति प्रकट गर्दै त्यस्तो तथा कथित निर्वाचनमा भाग नलिने ठहर गरेका छौं । नेतृत्वमा रहेका केही व्यक्तिहरुको हठ र बलमिच्याइका कारण सहमतिको प्रयास विफल बनाइएको प्रति दुःख व्यक्त गर्दछौं ।’

देशका ४ प्रदेशवाट सहमति र एकताका साथ प्रदेश अधिवेशन भइरहेको र १ नं प्रदेशमा एकपक्षीय ढंगले समिति निर्माणमा जालझेल गर्दै अग्रजहरूप्रति अपमान जनक ढंग र हुकुमी शैलीमा नेतृत्व प्रस्तुत भएको प्रति अधिकारी समर्थक पत्रकारले आपत्ति जनाएको बिज्ञप्तीमा उल्लेख छ । 

सम्मानजनक सहभागिता नभएको अवस्थामा त्यस्तो कथित निर्वाचनको नौटंकीलाई बहिस्कार गर्दै योग्य र सक्षम पत्रकारको व्यापक सहमति र समर्थनमा नेपाल प्रेस युनियन प्रदेश १ को कार्यसमिति चयन गरिने अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा छ ।