झापा ।

मिस नेपाल २०२३ प्रतियोगिता हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले मिस नेपालले नयाँ संस्करणका लागि आवेदन खुला गर्दै देशभरका सात वटै प्रदेशमा अडिसने हुने जनाएको छ । 

प्रतियोगितामा सहभागी हुनेले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्ने आयोजकले जनाएको हो ।  यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा मुख्य विजेता घोषणा गरिने आयोजकले जनाएको छ।

नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ । प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसन गर्ने र स्थानीय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरेको आयोजक संस्थाले जनाएको छ । 

प्रतियोगिताका लागि काठमाडौं आगामी चैत ४ गते अडिसन हुनेछ भने इटहरी, वीरगञ्ज पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन हुने जनाइएके छ ।