बिर्तामोड । 

 नेपाल यादव सेवा समिति झापा शाखाको आयोजना तथा संजीवनि हर्ट हस्पिटल प्रालिको प्राविधिक सहयोग र सुरुवाती कोठा नेपाल तथा आदर्श स्कुल अफ मेनेजमेन्ट को सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्बन्धि कार्यक्रम भएको छ । 

आदर्श कलेजका विद्यार्थी, शिक्षकलाई निःशुल्क मुटु तथा जनरल फिजिसियन निःशुल्क स्वास्थ्य सेवा दिइएको छ । सन्जिवनी अस्पतालका बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर सिपि यादबले विद्यार्थीको परिक्षण गरेका थिए । १२० भन्दा बढि विद्यार्थीको परिक्षण गरिएका मध्ये २० जना जतिको इको परिक्षण गर्नुपर्ने भएको यादव सेवा समाज झापाका अध्यक्ष समेत रहेका डा. सिपि यादवले जानकारी दिए । 

कार्यक्रममा यादव सेवा समिति झापाका सचिब भरत यादव, हर्ट फाउन्डेशन, जेनिस मिडिया, सुरुवाती कोठा नेपाल, झापाका अध्यक्ष दीपक दास, कलेजकि कोर्डिनेटर विजया भन्डारी लगायत को उपस्थिति रहेको थियो।  यस्ता खाल का कार्यक्रम कलेज विद्यार्थी लाई अतिरिक्त कृयाकलाप को मध्यम बाट अझै रचनात्मक कार्यक्रम गदै लौजाने कलेज इन्चार्ज यज्ञराज कडरियाले बताएका छन् ।