• प्रकाश उप्रेती 

मेचीनगर ।

 ब्यवसायीहरुको छाता संगठन पूर्वको मेची उद्योग वाणिज्य संघको चुनावमा आ–आफ्नो जित हासिल गर्न साझा ब्यवसायिक र लोकतान्त्रिक प्यानलले बजार तताएका छ्न् ।

मेचीनगरमा ब्यवसायीको हितमा काम गर्ने अठोट–प्रतिबद्धतासहितको प्रचारप्रसारपछि माघ २१ गते (आज शनिवार) दुबै प्यानल  मतको पर्खाइमा छन् । मेचीनगरको चारआली, धुलाबारी, ज्यामिरगढी, ईटाभट्टा, काँकरभिट्टा, बाहुनडाँगी लगायतमा १ हजार ६६८ मतदाता संख्या रहेका छन् । ती मतदातालाई आ–आफ्नो पक्षमा मतदान गर्न कुन प्यानलले कति प्रभावित बनायो–परीक्षा र नतिजाको  पर्खाइमा छ्न् साझा ब्यवसायिक र लोकतान्त्रिक प्यानल।

पाँचवटा पार्टीसमर्थकको साझा ब्यवसायिक प्यानलबाट खेम प्रसाई र नेपाली काङ्ग्रेस समर्थक लोकतान्त्रिक प्यानलबाट मोहन निरौलाले अध्यक्ष पदमा तिब्र प्रतिस्पर्धा गर्दैछ्न् । अध्यक्षको प्रतिश्पर्धिद्वय खेमराज प्रसाईं र मोहन निरौलासहित आ–आफ्नो टिमलाई जिताउन प्रायः सबै मतदाता र ब्यवसायीको ब्यवसायिक कक्षमा नै मत माग्दै पुगे ।  

विसं २०३० सालमा साविक धाइजन गाविसमा जन्मिएका अध्यक्ष पदका प्रत्यसी खेमराज प्रसाईं लामो समयदेखि व्यवसायमा सक्रिय नाम हो । २०४६ सालबाट होटलदेखि  कृषिजन्य वस्तु अदुवा, अलैँची, कुचो व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष, भेनियर संघको केन्द्रीय उपाध्यक्ष समेत हुन् । उता लोकतान्त्रिक प्यानलबाट बर्मामा वि.सं २०२० सालमा जन्मिएका अर्को अध्यक्ष पदका प्रत्यसी मोहन निरौला झापामा व्यवसाय र सामाजिक क्षेत्रमा परिचित नाम हो ।  २७ वर्षयता व्यवसायमा सक्रिय छ्न् । 

उनले ट्राभल एजेन्सी, रोटरी क्लब अफ काँकरभिट्टाका पूर्वअध्यक्ष, मेची भन्सार एजेन्ट संघका अध्यक्षसमेत रहेको र सामाजिक क्षेत्रमा पनि ख्याति कमाएका व्यक्ति हुन् उनी।वरिष्ठ उपाध्यक्ष पदका लागि संस्थापक अध्यक्ष पन्नालाल जैन र संस्थापक सचिव कपिल क्षेत्री (किशोर) मैदानमा छ्न् । 

काँकरभिट्टा  र धुलाबारी वाणिज्य संघलाई एकीकृत गर्दै मेची उद्योग वाणिज्य संघ बनाउदा जैन संस्थापक अध्यक्ष र सचिव कपिल क्षेत्री थिए । दुबैजना वरिष्ठ उपाध्यक्ष पद हात पार्नका लागि रस्साकसी गर्दैछ्न् । 

वाणिज्य उपाध्यक्षमा भिमबहादुर कुवर र कंचन बराल, उधोग उपाध्यक्षमा आनन्द खड्का र भुमि पौडेल, महिला उपाध्यक्षमा सुनिता शर्मा र निर्मला चौहान भण्डारी, महासचिवमा दिनेश शाक्य र उदयकुमार श्रेष्ठ चुनावी प्रतिश्पर्धामा होमिएका छ्न् ।

त्यसैगरी दिपेन्द्रराज पाण्डे, भिमप्रसाद बिष्ट, ललित अग्रवाल, श्रवणकुमार शाह, इन्द्रप्रसाद भण्डारी, केपि शिवाकोटी, गोपाल गुप्ता, श्रवणकुमार वानिया, पवित्रा तिवारी र कृष्णकुमारी सुवेदी साझा ब्यवसायी प्यानलको सदस्यमा प्रतिश्पर्धा गर्दैछ्न् । 

उता लोकतान्त्रिक प्यानलबाट देबिमाया तामाङ, सुन्दरीकुमारी श्रेष्ठ, कमलप्रसाद कोइराला, श्यामप्रसाद न्यौपाने, सन्तोष खवास, चन्द्रबहादुर घोर्साइ, राजेशकुमार बंशल, बिनोदकुमार बानियाँ, बिष्णु बहादुर बुढाथोकी र वर्मलाल ओझा चुनावी प्रतिश्पर्धामा उत्रेका छ्न् ।