सुरुङ्गा । 

 झापाको कनकाई खेलकुद प्रतिष्ठानले गत बडादशैंको अवसर पारेर फुलपातीका दिन गरेको जिल्लास्तरीय सन्थाल मेला २०७९ को आयव्यय विवरण सार्वजनिक गरेको छ ।

 फूलपातीका दिन असोज १६ गते कनकाईमा भएको जिल्लास्तरीय प्रतियोगितात्मक सन्थाल नृत्यको आय व्यय सार्वजनिक गरिएको हो ।  प्रतिष्ठानले सन्थाल संस्कृतिको समेत संरक्षण गर्ने उदेश्यका साथ आफ्नो वार्षिक कार्यक्रमका रुपमा प्रत्येक वर्ष वडादशैंको फुलपातीका दिन कनकाई सन्थाल मेलाको आयोजना गर्ने जनाएको छ । यस किसिमको प्रतियोगिताबाट लोप हँुदै गएको सन्थाल समुदायको संस्कृति संरक्षण एवं प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिष्ठानका सल्लाहकार समितिका सदस्य रामप्रसाद निरौलासहित कार्यसमितिको बैठकले आयव्ययको यथार्थ विवरणलाई लिपिवद्ध गर्दै सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको अध्यक्षतामा बसेको बैठक अनुसार आम्दानी तर्फ २ लाख ७५ हजार ५७ रुपैंयाँ रहेको छ  भने खर्च तर्फ २ लाख ७५ हजार ९ सय रुपैंया भएको जनाइएको छ ।