पाँचथर ।

पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित राई गाँउका २३ बर्षीय मनोज राईलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट नावाखोलाको प्रहरी टोलीले उनलाई १ नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने कार्तोज, बारुद, केप, सलाईसहित पक्राउ गरेको हो ।

पक्राउ गरिएका राईको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।