बिर्तामोड ।

बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको मोटरसाईकल चोरी भएको छ । उप–प्रमुख संग्रौलाको प्रदेश ०२–०३–००८ प १७२७ नम्बरको टिभिएस कम्पनिको निलो रंगको  निजी मोटरसाईकल शनिबार साँझ करीब ५ बजेर ३० मिनेटको समयमा भद्रपुर रोडमा पार्किंग गरि राखेको ठाउँबाट चोरी भएको हो । 

नगर उपप्रमुख संग्रौलाले आफुले प्रदिप फार्मेसी अगाडि पार्किंग गरेर उपहार बुक्स सेन्टरमा पुस्तक किन्न गएको समयमा मोटरसाईकल चोरी भएको बताएका छन् ।

उनले पार्किंग गरेको २० मिनेट भित्रमा मोटरसाईकल चोरी भएको बताए । उप–प्रमुख संग्रौलाले सामाजिक सन्जाल फेसबुकमा समेत आफ्नो मोटरसाईकल हराएकोले  भेट्नुहुने, देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालयमा बुझाईदिन आग्रह गरेका छन् ।  

हराएको मोटरसाईकलको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।