झापा । 

नेपाल दशनामी समाज प्रदेश नम्बर १ को दोस्रो अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।  प्रदेश समितिको सुनसरीको तरहरामा  बसेको बैठकले आगामी माघ २८ गते शनिवार बिर्तामोडमा दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो ।

 अधिवेशनका लागि प्रदेश नं १ का १४ जिल्ला मध्ये झापा, मोरङ र सुनसरीबाट आजीवन सदस्य १० बराबर १ जना प्रतिनिधि  र अन्य बाँकि जिल्लाबाट ५ जना आजिवन सदस्य मध्ये १ जना प्रतिनिधि तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा प्रदेश अधिवेशन हुने भएको समाजका केन्द्रिय सचिव अशोक गिरीले जानकारी दिए ।

समाजका प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरीको अध्यक्षतामा भएको बैठकमा समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । अधिवेशनको प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष रुद्र गिरी रहने जनाइएको छ । अधिवेशनमा प्रदेश १ का केन्द्रिय पदाधिकारी, सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहने जनाइएको छ ।