विराटनगर । 

दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन् । साधारण सभाबाट मोरङको सुन्दर हरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन् । 

समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार, सचिवमा माधव शिवा र सह–सचिवमा कुमार बयलकोटी र कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन् । 

सुन्दरहरैचा नगरपालिका भित्र रहेका सबै थरका दलित समुदायको हक अधिकारका लागि निर्माण भएको दलित उत्थान समन्वय समितिको पदाधिकारीहरु सहित जम्मा १७ जनाको कार्यसमिति चयन भएको अध्यक्ष कुमार मिजारले बताए । 

आइतवार भएको साधारण सभाको क्रममा दलित उत्थान समितिको श्रमदान र नगरपालिकाको सहयोगमा  निर्माण भएको  सामुदायिक भवन पनि उदघाटन गरिएको थियो । भवन प्रमुख अतिथि सुन्दरहरैचा नपाका प्रमुख केदारप्रसाद गुरागाँई र विशिष्ट अतिथि पूर्व प्रमुख शिवप्रसाद ढकालले संयुक्त्त रुपमा उदघाटन गरेका थिए ।