सुनसरी ।

सुनसरीको ईटहरी उप–महानगरपालिका–४ कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभा आखिभुई ८ घर भई ईटहरी २ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् । धरानबाट ईटहरीतर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा घाईते भएका साईकल यात्री कार्कीको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको हो ।

घटनामा संग्लन ठक्कर दिने मोटरसाईकल चालक संखुवासभा धर्मदेविका ३० बर्षीय प्रेम शेर्पा तत्काल फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।