सुनसरी।

सुनसरीको धरान उप(महानगरपालिका–१७ चतरा स्थितबाट लागू औषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट रेल्वेबाटको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ९३४३ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका–१ का ३२ बर्षीय योगराज राई र पछाडी सवार ३४ बर्षीय दुर्गा राईको साथबाट ४ केजी १ सय ८० ग्राम लागूऔषध गाँजा फेला पारी मोटरसाइकलसहित दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।