भद्रपुर । 

झापाको पहिलो बिधागत पत्रिका निर्माण लहर साप्ताहिक १२ औं बर्षमा प्रवेश गरेको छ । आर्थिक बिधाको निर्माण लहर साप्ताहिक पत्रिका आजदेखि ११ बर्ष पूरा गरी १२ औं बर्षमा प्रवेश गरेको पत्रिकाका प्रकाशक तथा सम्पादक रोहित काफ्लेले जानकारी दिए । 

झापाको सदरमुकाम भद्रपुरबाट २०६८ माघ २४ गते पहिलो अंश प्रकाशन भएको निर्माण लहर साप्ताहिकले आर्थिक बिषयबस्तुलाई प्राथमिकता दिने गरेको छ । 

प्रेस काउन्सिल नेपालको बर्गीकरणमा ‘ख’ बर्गमा रहेको निर्माण लहर साप्ताहिकको अध्यक्ष नवराज पनेरु रहेका छन् भने सम्पादकीय टिममा अनिल ढुंगाना, भास्कर शर्मा र गंगा बराल रहेका छन् ।