सोलुखुम्बु ।

सोलुखुम्बु माप्य दुधकोशी  गाउँपालिका-४ रमितेमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मंगलवार  सोलुखुम्बुको काकुँबाट बासातर्फ जाँदै गरेको बा. ४४ प २६१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय हेमकुमार राईको उपचारको क्रममा प्राथामिक अस्पताल खास्ताबमा मृत्यु भएको हो । 

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।