बिराटनगर ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागू औषध न्युनिकरण कार्य योजना ‘म सक्छु (आइक्यान)’  अभियान २०७९ शुरु गरेको छ । बिराटनगर महानगरपालिका–१६ मा रहेको लागू औषध क्यानको भवनमा करिव ५० जना लागूऔषध प्रयोगकर्ताहरुलाई भेला जम्मा गरी मनो सामाजिक परामर्स दिईएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतले लागूऔषध प्रयोग कर्ताहरुलाई मनो सामाजिक परामर्स प्रदान गरेका गिए ।

यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरुमा सञ्चालन भईरहेको छ ।