झापा । 

झापाबाट जबरजस्ती करणी उधोग मुद्दाका र चोरी मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्धामा फरार रहेका झापाको गौरादह नगरपालिका वडा नम्बर–३ का ४५ बर्षिय युवराज भन्ने यामनाथ पौडेल र चोरी मुद्दाका फरार गौरीगञ्ज गाउँपालिका वडा नं. ३  का ३० बर्षिय सदरकुमार मकरालार्ई प्रहरीले पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतको मिति २०७७/१०/२७ गते भएको फैसला बिरुद्ध पुनरावेदन परी उच्च अदालत बिराटनगर इलाम इजलासबाट मिति २०७९/०१/२१ गते शुरु फैसला केही उल्टी भई भएको फैसला अनुसार जबरजस्ती करणी उधोग मुद्दामा फरार रहेका पौडललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी बुधवार  फैसला कार्यन्वयनका लागि   झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो ।  त्यस्तै झापा जिल्ला अदालतको मिति २०७७/१०/२२ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका प्रतिबादी मकरालाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।