झापा ।                                                       संविधानसभा सदस्य माेहन टुडुलाई मातृशाेक परेकाे छ । नेकपा माओवादी केन्द्र झापा सचिव समेत रहेका टुडुकी ७४ वर्षीया आमा दुलारी टुडुकाे उपचारका क्रममा आज बिहीबार बिहान मेची प्रदेशिक अस्पताल भद्रपुरमा निधन भएकाे जनाइएको छ ।

झापा हल्दीबारी गाउँपालिका -२ कि स्वर्गीय टुडु धेरै समय अघिदेखि दम , प्रेसर र मुटुलगायत अन्य राेगबाट पीडित थिइन । उनकाे बिहीबार नै आफ्नै रीतिरिवाज अनुसार स्थानीय देवनिया खाेलामा अन्त्येष्टि गरिने पारिवारिक सोतले जनाईएकाे छ ।

माेहन र अरू दुईगरी तीनजना छाेरासहित अन्य परिवार रहेका छन् । माेहन टुडु माईला पुत्र हुन ।