काँकडभिट्टा ।
झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले पुरानो मेचीपुलबाट भारतबाट नेपालतर्फ आउँदैं गरेका उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर–६ का ३३ बर्षिय शिव श्रेष्ठ प्रधान र सोही स्थानका ३३ बर्षिय बिजय तिवारी रेहका छन् ।
शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















