दमक । 

कदम थिएटर दमकले नाटक गाई कि त्रिशूल मञ्चन गर्ने भएको छ । दमकमा नियमित नाटक मञ्चन गर्दै आएको कदमले मंगलबारदेखि नाटक मञ्चन गर्न लागेको हो ।

चुलाचुली रंगमञ्चको चुलाचुली नाट्य पाठशालामा मञ्चन भएको नाटक चकलेटलाई थप परिमार्जन गरेर नाटक गाई कि त्रिशूल मञ्चन गर्न लागिएको निर्देशक मनिक शंकरले जानकारी दिए ।

सामाजिक र राजनीतिक उथलपुथलले विद्यालयमा पढ्दै गरेका बालबालिकाहरुको मनोविज्ञानमा पु¥याएको असरलाई नाटकमार्फत देखाउन खोजिएको निर्देशक खरेल बताउँछन् । 

प्रकाश शर्मा अधिकारी र सिजन दाहालले नाट्य रूपान्तरण गरेको नाटकलाई कदम थिएटरका दिपक खरेल र मनिक शंकरले निर्देशन गरेका छन् । यो नाटक फागुन २ गतेदेखि ८ गतेसम्म मञ्चन हुने भएको छ ।