भद्रपुर । 

चोरी मुद्दाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको मिति २०७८÷१०÷२४ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रेहका मेचीनगर नगरपालिका वडा नं.१० का ३८ बर्षिय जेठ्वा भन्ने मोहम्मद नौसाद आलमलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले मंगलबार (आज) पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

पक्राउ परेका आलमलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।