चारपाने ।
झापाको बिर्तामोड–२ को सहारा नेपाल बचत तथा ऋया सहकारी संस्थाले सभामुख देवराज घिमिरेलाई सम्मान गरेको छ ।साकोसका शेयर सदस्य समेत रहेका घिमिरे प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्वर २ बाट निर्वाचित हुँदै सभामुख बनेको भन्दै संस्थाले बधाईसहित सम्मान गरेको हो । संस्थाको मुख्य कार्यालय चारपानेमा शुक्रबार (आज) आयोजित कार्यक्रमकाबीच संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले सभामुख घिमिरेलाई सम्मान पत्र प्रदान गरेका थिए ।
सम्मान कार्यक्रमपछि सहकारी संस्थाहरुप्रति अभियानका नाममा धावा बोलेको भन्दै झापाका सहकारीकर्मीले सभामुख घिमिरेको ध्यानाकर्षण गराएका छन् । राज्यको नियम मानेर सञ्चालित सहकारीहरु विरुद्ध धावा बोल्दै राज्यको उपस्थितिलाई नै नकार्ने गरी अभिव्यक्ति आउनु दुखद् रहेको भन्दै अभियानका तर्फबाट तीन बुँदे ध्यानाकर्षण पत्र सभामुख घिमिरेलाई वुझाएका हुन् ।अभियानकर्मी महेन्द्रकुमार गिरीले सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै अभिानका नाममा सहकारी क्षेत्रमाथि बोलिदै आएका धावा नियन्त्रण गर्न माग गरे ।
तीन वुँदे ध्यानाकर्षण पत्रमा सहकारी संस्थामा सदस्यहरुले निक्षेत तथा बचतमा २५ लाख मात्र राख्न पाउने सहकारी ऐन २०७४ को दफा ५२ मा गरिएको व्यवस्था संशोधन गर्न लागिएको भन्दै सच्याउन माग गरिएको छ । त्यस्तै सहकारी संस्थाको नियमन राष्ट्र वैकले गर्नुको सट्टा सेकेण्ड टायर इन्टिच्यूट मार्फत नियमन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
सहकारी अभियानकर्मीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले वैंक र वित्तीय क्षेत्रको नियमनका लागि नयाँ विधेयक संसदमा छलफलको क्रममा रहको बताउँदै अभियानकर्मीले बुझाएको ध्यानकर्षणका बुँदा पनि समेटिने धारणा ब्यक्त गरेका छन् ।


















