बिराटनगर । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको (आरआइटी) समुहको प्रहरी टोलीले चेक अनादर मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

चेक अनादर मुद्दामा मोरङ जिल्ला अदालत बिराटनगरको मिति २०७६/०५/०३ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना बेरुजु रहि फरार हरेका गढी गाउँपालिका–२ सुनसरीका २९ बर्षीय दिवाकर यादबलाई गाउँघरमा नै लुकिछिपि बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका यादबलाई मोरङ जिल्ला अदालतमा दाखिला गराईएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको प्रहरीले जनाएको छ ।