बिर्तामोड । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित मेचीपुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अस्थाई प्रहरी बिट मेचीपुलको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प.६२ नं.को मोटरसाईकललाई शंका लागेर चेकजाँच गर्दा चालक बिर्तामोड–५ का २९ बर्षिय सुरज कुँवर र पछाडी सवार सोही स्थानका ३४ बर्षिय सुरेश श्रेष्ठलाई पक्राउ गरेको हो । 

उक्त मोटरसाइकलको बाँया साइडको इन्डिकेटर भित्र लुकाई राखेको प्रतिबन्धि लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४ ग्राम २२ मिलिग्राम फेला परेकोले मोटरसाईकलसहित उनीहरुलाई दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

नियन्त्रणपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।