मोरङ ।

मोरङको सुनबर्षी नगरपालिका–२ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक जना र केराबारी गाउँपालिका–६ बाट लागू औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी अमरदहको गस्ति टोलीले चेक जाँचको क्रममा प्रदेश ०१–०२–०४८ प ३९४३ नम्बरको मोटर साईकल चालक सुनबर्षी–५ का २८ बर्षीय उपेन्द्र साहको साथबाट १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४२ हजार ६ सय रुपैयाँ पक्राउ गरेको हो ।

त्यसैगरी केराबारी–६ का ५० बर्षीय गुर्माछान मगरले आफ्नै घरमा गाँजा बिक्रि गरिरहेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले उनलाई ३०० ग्राम गाँजासहित नगद ६७ हजार ७ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

लागू औषधसहित पक्राउ परेका उनीहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।