मोरङ ।

मोरङको सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बिरेन्द्र पास्वान र उनकी ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् ।

सुनवर्सी नगरपालिका–१ का डिल्लीबहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी गत फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआएपछि आफन्तले खोजतलासको क्रममा स्थानिय पोखरीको डिलमा हत्या गरी गाडेको भन्ने सुचना फागुन १७ गते पाए लगतै इलाका प्रहरी कार्यालय  रङ्गेलीको प्रहरी अधिकृत समेतको टोली उक्त स्थानमा उत्खनन गर्दा बालकको शब फेला परेको हो ।

बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसँगै घटनाको अनुसन्धानको क्रममा घटनामा संग्लग्न रहेका बिरेन्द्र पासवान र उनको श्रीमती डल्ली पासवानलाई प्रहरीले पक्राउ गरेको हो  । बालकको हत्याको आरोपमा पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।