झापा । 

ईलाका प्रहरी कार्यालय कुमारखोद र प्रहरी चौकी टाघनडुब्बाको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.१ सालमाराबाट अबैध सामान नियन्त्रणमा लिएको छ । 

भारतबाट भन्सार छलेर अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको १८ थान प्लाष्टिकको टेवलहरु  त्यसैगरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ बाट नेपालबाट अबैध रुपमा भन्सार छलेर भारततर्फ लादैं गरेको ६० के.जि. सुपाडी बरामदगरेको हो । 

बरामद गरिएको उक्त सामानहरु अन्दाजी ९४ हजार रुपैयाँ बरावरको रहेको जनाइएको छ भने आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।