भद्रपुर । 

झापाको भद्रपुरमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश  बिराटनगरले ‘हामी स्वयम्सेवी अभियान’ अन्तरगत अन्तरक्रिया सम्पन्न गरेको छ । सोही अवसरमा लागू औषध दुब्र्यसन तथा बिपद् ब्यवस्थापन स्वयम्सेवी बिषयक कविता प्रतियोगिता गरेको हो । 

कोशी प्रदेश अन्तरगतका सामुदायिक तथा संस्थागत बिद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययनरत किशोर तथा किशोरीलाई लागू पदार्थ दुब्र्यसनको कुलत तथा प्रयोगबाट निरुसाहित गर्ने उदेश्यले उक्त अन्तरक्रिया गरिएको जनाइएको छ । साथै उनीहरुलाई नैतिक, जिम्मेवार, तथा असल नागरिकका रुपमा सामाजिक दायित्व निर्वाह गर्ने र विपद् ब्यवस्थापन सम्बन्धमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरी स्वयम्सेवी भावना जागृत गराएर कोशी प्रदेश भरी स्वयमुसेवी किशोरकिशोरी तयार गर्ने जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्व बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘हामी स्वयम्सेवी अभियान’ का कार्यक्रम निर्देशक आशिष कोइरालाले नैतिक शिक्षा सम्बन्धि प्रस्तुती दिएका थिए । 

कार्यक्रममा कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, शिक्षा विकास तथा समन्वय समिति इकाई झापा प्रमुख राजकुमार बिक, श्री दशरथचन्द्र माबि मेचीनगरका प्रधानाध्यापक लेखनाथ पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा जनप्रतिनिधि, शिक्षकशिक्षिका, बिद्यार्थी, प्रहरी साथै विभिन्न सामाजिक तथा स्थानीय संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो ।