झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं.६ मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले ईलामको ईलाम नगरपालिका वडा नं.१२ का २४ बर्षिय सुजनबाला राईलाई पक्राउ गरेको हो । 

राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४४ ग्राम फेला परेकोले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।