मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका ४ ईक्राई पोखरीचोक स्थितमा ट्रयाक्टरको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको को ३ त ८ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जाादै गरेको साईकल यात्रीलाई ठक्कर दिदा घाईते भएका स्थानीय २८ बर्षीया राधादेवी राजबंशीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।


















