बिराटनगर।
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले सोमवार (आज) जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पूर्ण शाखाहरु समेतको निरीक्षण गर्दै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिएका हुन् ।
संखुवासभा उत्तर तर्फ अन्तराष्ट्रिय सिमा जोडिएको पहाडी जिल्ला, ब्यापारिक केन्द्र तथा पर्यटकिय जिल्ला भएको तर यातायातको पहुँच कम भएको जिल्ला रहेकाले जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेका प्रहरी युनिटहरुले समय समयमा लामो तथा छोटो गस्ति निकाली दुरदराजमा भएका अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी आम नागरिकहरुको सुरक्षार्थमा खटिन सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन उनले दिए ।
निर्देशनको क्रममा उनले पहिरो, आगलागि र अन्य बिपद्हरुमा स्थानिय तह तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै, आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न तथा सवारी दुर्घटना न्युनिकरण, आत्महत्या निरुत्साहित गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकहरुमा सचेतना फैल्याउन कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।


















