• चन्द्र बस्नेत 

कनकाई ।

 झापाको कनकाई नगरपालिकाले यतिबेला लक्षित वर्गका लागि  निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम धमाधम सञ्चालन गरिरहेको छ ।  नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका  अति विपन्न भएका  केही घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ देखी ८ घर परिवार सम्मका लागि आधा शुल्कमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए ।  

सोही कार्यक्रम अन्तर्गत नगरले सोमबार कनकाई वडा न १ मा निःशुल्क  स्वास्थ्य बिमाको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख पोख्रेलले नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएकोबताए । 

उनले नगरका सबै जसो वडामा अहिले आधारभुत स्वास्थ्य केन्द्रको स्थापन गरि नगरबासीलाई सहज स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिए । 

नगरले यसअघि नगर अस्पतालमा अग्सिजन प्लान्टको स्थापना गरि सेवा दिदै आएको छ भने नगरबासी अति विपन्न केही गरिव दुखीहरुलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम यतिबेला धमाधम गरिदै आएको नगर प्रमुख पोखरेलले बताए । 

नगरले प्रत्येक टोलका २ देखि ४ घरपरिवारलाई पूर्ण निःशुल्क र ५ देखि ८ घरपरिवारलाई आधा पैसामा स्वास्थ्य बिमा गर्ने लक्ष्य अनुसार सोमबार  कनकाई वडा नम्बर १ मा पनि स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको वडाध्यक्ष सुशिलकुमार पोख्रेलले जानकारी दिए । दुई वर्षअघि कोरोना कहरका कारण प्रभावित प्रत्येक नगरवासीहरूलाई अहिलेसम्म नै निशुल्क अक्सिजन समेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत सोमबार वडा नम्बर १ का १६ टोलका ४५ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ९० घरपरिवारलाई स्वास्थ्य बिमाको आधा शुल्कमा बिमा गर्न शुरु गरिएको वडाध्यक्ष पोख्रेलले जानकारी दिए ।

कार्यक्रमको औचित्य माथि प्रकाश वडाध्यक्ष  पोख्रेलले पारेको कार्यक्रममा वडा नं. १ कि स्वास्थ्य बिमा कार्यक्रमकि प्रतिनिधि शुस्मा पोख्रेलले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा वडा सदस्यहरु निर्मला खड्का, हरिकुमार राई, संगीता ल्वागुन, दलबहादुर थापा, वडासचिव कमला विश्वकर्मा, कर्मचारी कोपिला अधिकारी, निर्मला बानिया,  टोलविकास सस्थाका पदाधिकारी, स्थानीय  सेवाग्राही लगायत सयौंको उपस्थिति रहेकोे थियो ।  वडा सदस्य दलबहादुर थापाले स्वागत गरेको कार्यक्रमको सन्चालन महिला वडा सदस्य निर्मला खड्काले गरेको वडा सदस्य हरिकुमार राईले जानकारी दिए ।