झापा । 

प्रहरी चौकी शरणामती र प्रहरी टोली र बिओपी पन्थपाडाको शसस्त्र प्रहरी टोलीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको बोईलर कुखुरा नियन्त्रणमा लिएका नष्ट गरेको छ । 

झापा गाउँपालिका वडा नं.४ सुकुम्बासी टोल भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको अन्दाजी २४ हजार रुपैयाँ बराबरको .८० केजी बोईलर कुखुरा नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणपछि प्रहरीले स्थानिय जनप्रतिनिधि र स्थानियबासिहरुको उपस्थितिमा खाल्डो खनेर पुरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।