• सुदिप खवास

बिर्तामोड ।

 बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोड–१ को एब्सुलेट फुटसलमा वडा स्तरीय फुटसल दुई दिने प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगर भित्र रहेका १० वटा वडाको सहभागिता रहने प्रतियोगिता आगामी चैत १७ र १८ गते  हुने भएको हो । 

बिर्तामोड नगर खेलकुद विकास समितिले नयाँ समिति बनेपछि पहिलोपल्ट खेल गतिविधि गर्न लागेको अध्यक्ष विकास गिरीले जानकारी दिए । नगर भित्र खेलाडी उत्पादन तथा खेल बिकासका लागि नगर समिति गम्भीर भएर लागि परेको नगर खेलकुद बिकास समितिका सदस्य सुदिप खवासले जानकारी दिए । 

केही दिन अघि नगर समिति  बनेपछि वडा समितिहरु पनि धमाधम गठन भइरहेको समितिका सचिव बिसन लिम्बुले बताए।प्रतियोगितामा प्रथम विजेताले नगद ५० हजार र उप–विजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।