बिर्तामोड । 

झापाको बिर्तामोडमा सञ्चालित चौथो कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिताको क्वाटर फाईनल खेल सम्पन्न भएको छ । खेलको दोस्रो दिन २४ वटा खेल सम्पन्न भएको हो । 

भोली हुने खुल्ला तर्पmको फाईनल खेलमा मेन्स डबलमा पबिन लिङखेपको जोडि सृजल पोख्रेल संखुवासभा विरुद्ध बिबेक कन्दङवाको जोडि नबिन सिलवाल विर्तामोड विच पहिलो सेमिफाईनल खेल हुने भएको छ ।

त्यस्तै अर्को प्रनिशसिंह ठकुरीको जोडि गौरब दाहाल काकरभिट्टा विरुद्ध बिशाल तामाङ्गको जोडि निश्चल खत्रि भोजपुर विच दोस्रो सेमिफाईनल खेल हुने भएको छ ।

त्यसैगरि ४५ माथि भेट्रान्समा सञ्जय भक्तराजको जोडि रमेश प्रसाई विर्तामोड झापा विरुद्ध श्रकृष्ण खड्काको जोडि राम अवतार घिमिरे विर्तामोड, झापा विच पहिलो सेमिफाईनल खेल हुनेछ । त्यसै गरि अर्को सेमिफाईनल खेल भजनलाल चौधरीको जोडि श्याम लामा सुनसरी विरुद्ध मदन लिम्बुको जोडि घनेन्द्र लिम्बु ताप्लेजुङ्ग विच दोस्रो सेमिफाईनल खेल हुनेछ ।

प्रतियोगिता कोशी प्रदेशका ८६ जना खेलाडिको सहभागिता रहेको थियो । प्रतियोगिताको सेमिफाईनल र फाईनल खेल भोली विहान आठ बजेदेखि हुने भएको छ । 



((